Rule 9
उजुर गर्ने व्यक्तिको गोप्यता
(१) ऐनको दफा ३ बमोजिम उजुर गर्ने व्यक्तिले आप्mनो नाम गोप्य राखिदिन अनुरोध गरेमा उजुरकर्ताको काल्पनिक नाम राखी उजुर दर्ता गर्ने व्यवस्था उजूर दर्ता गर्ने प्रहरी कार्यालयले मिलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम गोप्य राखिएको नाम अनुसन्धान, अभियोजन र न्याय निरोपणको सिलसिलामा माग भएको अवस्थामा बाहेक कसैले खुलासा गर्नु हुँदैन ।